बाँकेमा मंगलवार १४ संक्रमित थपिए, ६ डिस्चार्ज

सदरलाइन संवाददाता १५ भाद्र २०७८, मंगलवार १६:१८
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८६ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८ र कोहलपुर मेडिकल कलेजमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।


तिमध्ये बाँकेका ८ जना छन् । ती अधिकांश कोहलपुरका ५ र बैजनाथ, खजुरा र राप्तीसोनारी गाउँपालिकाका ११ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या अव १८ हजार १५ पुगेको छ ।

यस्तै मंगलवार ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ६७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि जलाइएको नोटबाट ब्रिकेट बनाईंदै

१५ भाद्र २०७८, मंगलवार १६:१८
नेपालगञ्ज : नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाइ ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्ड्सबाट पहिलो पटक भित्र्याइएको यस प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई […]