कोरोनाबाट बाँकेमा थप एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ६ मंसिर २०७७, शनिबार १६:५०
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको शनिवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई कार्तिक २८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । कार्तिक २९ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि आफन्तको अनुरोधमा उनलाई मंसीर १ गते भेरी अस्पतालमा भर्ना गरि उपचार शुरु गरिएको थियो ।


रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत सबै उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

Next Post

दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

६ मंसिर २०७७, शनिबार १६:५०
नेपालगञ्ज : बाहिरी जिल्लाबाट आएर बाँकेमा उपचार गराइ रहेका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दाङका दुई जना कोरोना संक्रमित पुरुषको शनिवार राती मृत्यु भएको हो । घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षीय कोरोना संक्रमित एक पुरुषको […]