नेपालले बिहीवार भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

सदरलाइन संवाददाता १७ भाद्र २०७८, बिहीबार १४:२६
 

काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टिमले बिहीवार भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ ।

बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका छन् ।

कप्तान किरण चेम्जोङले भारतसँग खेल्न कठिन हुने बताउँदै भारतको कमिकमजोरी पत्ता लगाएर आउँदा दिनको लागि पाठ सिक्ने बताए । उनले नेपालले घरेलु मैदानको फाइदा लिन सक्नुपर्ने पनि बताए ।


माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतवार हुनेछ । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।

नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रङ्गशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो। यसैबीच नेपाल र भारतबीचको खेलका क्रममा दर्शकलाई रङ्गशाला प्रवेश दिइने भएको छ ।

कोरोनाविरुद्धको खोप लगाएका वा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट भएका पाँच हजार एक सय दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । टिकटका लागि एन्फाले भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालञ्गजका अधिकांश सिसिटिभी काम नलाग्ने अवस्थामा

१७ भाद्र २०७८, बिहीबार १४:२६
नेपालगञ्ज : भदौ ७ गते नेपालगञ्जको त्रिभुवन चोकमा अढाइ वर्षीया बालिकालाई तीब्र गतिमा हुइकिएर आएको मोटरसाइकलले ठक्कर दियो । उनको घटनास्थलमै मृत्युभयो । तर अहिलेसम्म ठक्कर दिने मोटरसाइकलको पहिचान हुन सकेको छैन । मामासँग मिठाई खाएर फर्किनेक्रममा राती साढे १० बजेतिर मोटरसाइकलले ती बालिकालाई ठक्कर दिएको थियो । त्रिभुवन चोकमै […]

सम्बन्धित