लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान शुरु

सदरलाइन संवाददाता १७ जेष्ठ २०७८, सोमबार १०:१८
 

दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान शुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन् । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजे बाट मतदान शुरु भएको हो ।

दिउँसो ३ बजे सम्म मतदानको समय तोकिएको छ । सोमवारनै नतीजा घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् ।

निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चार जनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यले निर्वाचनमा मतदान गर्दैछन ।


राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा तर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेस गरेको हो ।

सन्तोषकुमार पाण्डे, बिजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएका हुन । यता निर्वाचन आयोगले गरेको निर्णयको विरोध गठवन्धले गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमाले र गठबन्धनको उम्मेदवारको चिमा कडा टक्कर हुने विश्लेषण गरिएको छ ।

जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जीतेकाहरुनै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएको पाइएको छ ।

लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २४ गतेसम्म निषेधाज्ञा लम्बियो

१७ जेष्ठ २०७८, सोमबार १०:१८
नेपालगञ्ज : बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ १७ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २४ गते राति १२ बजेसम्म लम्ब्याइएको हो । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले […]

ताजा अपडेट