बाँकेमा २४ गतेसम्म निषेधाज्ञा लम्बियो

अत्यावश्यक पसल ७ देखि १२ बजेसम्म खुल्ने

सदरलाइन संवाददाता १७ जेष्ठ २०७८, सोमबार १६:४८
 

नेपालगञ्ज : बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ १७ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २४ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।

जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।


नेपालगञ्ज उपमहानगरपालिकामा भने बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो । यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा पनि निषेध गरिएको छ ।

बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल सिमित भने स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ । दैनिक उपभोग्य बस्तु खरिदका लागि भने विहान ७ देखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्जनी माता रसोईलाई बर्माको सहयोग

१७ जेष्ठ २०७८, सोमबार १६:४८
नेपालगञ्ज : बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई जेष्ठ १७ सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मामार्फत ५ हजार १ सय रुपैयाँको सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका तथा श्रीसुन्दरकाण्ड मित्रमण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई भेरी अस्पताल नेपालगञ्जमा कोभिड विरामी र बिरामीको आफन्त जो […]

सम्बन्धित