एमसीसीका उपाध्यक्ष फातिमाको टोली काठमाण्डौ पुग्यो

सदरलाइन संवाददाता २४ भाद्र २०७८, बिहीबार १३:०९
 

कठमाण्डौ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्सको टोली नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुगेको छ ।

उनीहरु कतार एयरवेजमार्फत बिहीवार बिहान ९ बजेर २५ बजे काठमाण्डौ आइपुगको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।


एमसीसीलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । एमसीसीले बुधवार नेपालले पठाएको प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको र सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार १५ संक्रमित थपिए, ७ डिस्चार्ज

२४ भाद्र २०७८, बिहीबार १३:०९
नेपालगञ्ज : बाँकेमा बिहीवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११६ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ३ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ […]