बाँकेमा बिहीवार १५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २५ कार्तिक २०७८, बिहीबार १३:१३
 

नेपालगञ्ज : बाँकेमा विहीबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १४ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २१ नमुना परीक्षण गर्दा १० र बागेश्वरी ल्यावमा १८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको छ ।


विहीबार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १० जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३१ पुगेको छ ।

यस्तै विहीबार थप १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि राष्ट्रिय जनगणना सुरु बाँकेमा विहान प्रभातफेरी

२५ कार्तिक २०७८, बिहीबार १३:१३
नेपालगञ्ज : ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आज २५ कात्तिकबाट मंसिर ९ गतेसम्म सम्पन्न हुने राष्ट्रिय जनगणनाका जनगणना कार्यालय बाँकेले नेपालगञ्जमा सचेतनामुलक प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न प्रभातफेरी कार्यक्रममा राष्ट्र सेवक कर्मचारी, गणक, सुपरिवेक्षक लगाएत सहभागी रहेको प्रभातफेरी बीपीचोकबाट […]

सम्बन्धित