भेरीको परीक्षणमा ३३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २५ आश्विन २०७७, आईतवार १६:१३
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले गरेको परीक्षणमा आइतवार थप ३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९० जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालले दिउँसो दिएको जानकारीअनुसार बाँकेका १७ र बर्दियाका १५ गरी ३३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये कोहलपुर र ठाकुरबाबा नगरपालिकाका बढि छन् ।

Next Post

नेपालगञ्जमा छात्रा कलेज सञ्चालनको तयारी

२५ आश्विन २०७७, आईतवार १६:१३
नेपालगञ्ज : प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगञ्ज उपमहानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श शुरु गरेको छ । मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा आइतवार राजनीतिक दलका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवालगायतसँग कलेज सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको हो । छलफलबाट महेन्द्र वहुमुखि क्याम्पस नेपालगञ्जका […]