कोरोनाबाट बाँकेमा ६ जनाको मृत्यु

सदरलाइन संवाददाता १२ जेष्ठ २०७८, बुधबार ०९:१८
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका २ जना, रुकुम पश्चिममा २ जना र दाङ र सल्यानका १÷१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी ५ बाँकेका २३ वर्षीय पुरुष, आठविसकोट १० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष, लमही ६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी ६ बाँकेका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।


त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाफीकोट १० रुकुम पश्चिमकी ६६ वर्षीया महिला र छत्रेश्वरी ५ सल्यानका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २८१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २५९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज २५६५औं बुद्ध जयन्ती मनाईंदै

१२ जेष्ठ २०७८, बुधबार ०९:१८
नेपालगञ्ज : विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको […]