बाँकेमा ४३१ संक्रमित थपिए, २०३ डिस्चार्ज

सदरलाइन संवाददाता ८ जेष्ठ २०७८, शनिबार १७:४०
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ४ सय ३१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको ४ सय १३ जना मध्ये ३ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १३ जना मध्ये ३२ जना, र बागेश्वरी ल्याबमा ९८ जनाको परिक्षण गर्दा ३९ जना गरी बाँकेमा ४ सय ३१ जनामा संक्रमणको पृष्टि भएको छ ।

शनिवार थप भएकामध्ये बाँकेका ९५ जना रहेका छन् भने बाहिरी जिल्लाका ३ सय ३६ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

थपिएका संक्रमितसहित बाँकेमा हालसम्म १६ हजार ७ सय ३१ जनामा संक्रमण पृष्टि भएको छ ।


त्यस्तै शनिवार ९९ महिला र १ सय ४ जना पुरुष गरी २ सय ३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार २ सय ९५ जनाले कोरोना भाईरसलाई जितेका छन् ।

बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ५ सय ७३ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ४१ जना रहेका छन् ।

यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय १९४ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँकेमा ५ सय ५ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कोरोना संक्रमण र नियन्त्रणमा प्रदेश सरकारको विषेश चासो’

८ जेष्ठ २०७८, शनिबार १७:४०
नेपालगञ्ज  : लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणकमा लागि तीन वटा रणनीति तयार गरी अघि बढेको बतएका छन । उनले कोरोना संक्रमणको कारण आफ्नो मन्त्रलाय गठन भएको बताउदै कारोना संक्रमणलाई नियन्त्रण र रोकथामको लागि प्रदेश सरकारले अत्यन्तै चासोको साथ नजिकबाट […]