लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

सदरलाइन संवाददाता ९ मंसिर २०७८, बिहीबार १६:३४
 

नेपालगञ्ज : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीवारदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । दिवसको अवसरमा नेपालगञ्जमा व्यानर प्रर्दशन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहका अनुसार नगरपालिकामा ब्यानर प्रदर्शन गरिनुका साथै हातमा सेतो रिवन बाधिएको छ ।

दिवसका अवसरमा जिल्लाका अन्य पालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । लैङ्गिक हिंसाविरुद्धका विभिन्न खाले चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको उहाँको भनाइ छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।


संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले १०औँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा

९ मंसिर २०७८, बिहीबार १६:३४
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा […]

सम्बन्धित

ताजा अपडेट