नेपालमा बाल क्यान्सर रोगी बढ्दै

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १४:२४
 
3D Rendering of a cancer cell – medical illustration

काठमाण्डौ : मंगलबार बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षा : तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार जना १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेको तथ्याङ्क छ ।

नेपालमा बर्सेनि क्यान्सरका १५ सयभन्दा धेरै बालबालिका थपिने गरेका छन् । तर एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझी बताउछन् ।


डा. रायमाझी का अनुसार बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये रक्त क्यान्सर बढी देखिने गर्छ । रगतको कमी भइ छाला सेतो हुने, तौल असामान्य रुपमा घट्ने, खोकी निको नहुने, शरीर सुन्निने लगायतका लक्षण देखिन्छन् ।

बालक्यान्सरको उपचार सम्बन्धी सबैजसो सेवा निःशुल्क रहेको तर उपचारमा पहुँचको कमी मुख्य समस्या रहेको डाक्टरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा बालविबाह मुक्त गाउँपालिका घोषणा

३ फाल्गुन २०७८, मंगलवार १४:२४
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात् खजुरा गाउँपालिकालाईनै बालविवाह मुक्त घोषणा गरिएको हो । गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुसार खजुरा गाउँपालिकालाई बालविबाह […]

सम्बन्धित