लिग फुटबलमा धम्बोझी र मोडेल फाइनलमा

३१ जेष्ठ २०७६, शुक्रबार १३:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधीका लागि धम्बोझी क्लव र मोडेल टीम, सीगाउँ भिड्ने भएका छन् । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा सञ्चालन भइरहेको जिल्ला लिगमा शुक्रवार धम्बोझीले मिलन युवा क्लव, नेपालगञ्ज र मोडेलले न्यू डाँफे स्पोर्टस क्लव, डीगाउँलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
धम्बोझीले मिलनलाई ४–० गोलले पराजित गर्यो । धम्बोझीले २७ मिनेटमा विशाल थापाको गोलबाट अग्रता लिएको थियो । एक गोलले पछि परेपछि मिलनको लय बिग्रियो । त्यसको फाइदा धम्बोझीले उठायो । धम्बोझीका लागि ४४ र ५२ मिनेटमा अशोक केसी र ३८ मिनेटमा प्रितम खड्काले गोल गरे । डीएरियामा ह्याण्डबल भएपछि पाएको पेनाल्टीलाई धम्बोझीका किपर प्रितमले गोलमा परिणत गरेका थिए ।



अर्को खेलमा मोडेलले न्यू डाँफेलाई २–१ गोलले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा मोडेलले बाजी मारेको थियो । शुरुवाती अग्रता मोडेलले नै लिएको थियो । खेलको ६ मिनेटमै राज गुरुङले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । तर, त्यो खुशी धेरैबेर टिक्न पाएन । न्यू डाँफेका सन्देश गुरुङले ९ मिनेटमा गोल गरेर बराबरी गरेका थिए ।
५६ मिनेटमा मोडेलका अर्जुन सुनारले गरेको गोल निर्णायक भयो । मोडेलले भन्दा न्यू डाँफेले गोल गर्ने धेरै मौका पाएको थियो । खेलको अधिकांश समय मोडेलका रक्षापंक्ति व्यस्त थिए । न्यू डाँफेको फरवार्डलाइन मजबुत भएपनि गोल गर्न नसक्दा घर फर्किनु पर्यो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जिल्ला लिगको उपाधीका लागि असार १ गते धम्बोझी र मोडेल भिड्ने जानकारी दिए ।

Next Post

कोहलपुर भयो साक्षर नगरपालिका

३१ जेष्ठ २०७६, शुक्रबार १३:४९
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकालाई जिल्ला कै पहिलो साक्षर नगरपालिकाको रुपमा घोषणा गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एक कार्यक्रमका बीचमा कोहपुरलाई साक्षर नगरपालिका भएको घोषणा गरेका हुन । प्रदेश नं.५ का कपिलबस्तु र बाँकेका कारण साक्षर प्रदेश घोषणा कार्यक्रमलाई अवरोध भएको जनगुनासो आईरहेको बेलामा कोहलपुर […]