अंजनीमाता रसोईलाई अनेरास्ववियुको सहयोग

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १५:२८
 


नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा संचालित अंजनी माता रसोई सुन्दरकाण्ड मित्र मण्डललाई सहयोगी हातहरुले सहयोग गर्ने क्रम जारी छ ।

अस्पतालका विरामी, कुरुवा तथा निषेधाज्ञाको कारण खाना खान समस्यामा रहेकाहरुका लागि २० रुपैयामा एक छाक खाना खुबवाउदै आएको अंजनी माता रसोईलाई पछिल्लो समयमा एमाले निकट अनेरास्ववियुले पिउने पानी, विस्कुट र मास्क सहयोग गरेको छ ।


अनेरास्ववियुका जिल्ला सचिव प्रकाश विश्वकर्माको नेतृत्वमा गएको टोलीले अंजनी माता रसोईका सञ्चालक तथा सुन्दरकाण्ड मित्र मण्डलका अध्यक्ष बिनोद राठीलाई सो सहयोग हस्तान्त्रण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीद्वारा धानको बिउ तथा डिजल बरामद

५ जेष्ठ २०७८, बुधबार १५:२८
बर्दिया : बर्दिया प्रहरीले बिभिन्न समयमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको धानको बिउ र नेपालबाट भारत तर्फ तस्करी गर्दै गरेको डिजेल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार १ सय ४१ किलो धानको बिउँ तथा नेपालबाट भारततर्फ लाँदै गरेको साढे ४९ लिटर डिजेल प्रहरी चौकी […]