एलिना चौहानले तताए नेपालगञ्ज महोत्सब

सदरलाइन संवाददाता ६ पुष २०८०, शुक्रबार १८:३२
 

नेपालगञ्ज : चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगञ्ज महोत्सव गुञ्जयमान भएको थियो । यस्तै गायीका चौहानले, यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगञ्ज महोत्सवको महोल तातेको थियो ।

एकपछि एक चर्चित गाएर गायीका चौहानले जुनी भरीलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोकेबाज हौ तिमी धोके बाज हौ तिमी, ए है तिम्रै माया लाग्छ बरि लै, ए है तिम्रै याद लाग्छ बरि लै, कालो कपाल घुग्रियो, मनमा माया उर्मियो लगायतका चर्चित चर्चित गित गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो । यस्तै चर्चित जादुगर बलराम सरकारले विभिन्न खाले जादु देखाएर नेपालगन्ज महोत्सवका दर्शकलाई भरपुर हसाएका थिए ।

महोत्सवमा चर्चित डान्सर तथा मोडल अनुस्का चौधरी, भावना चौधरीले आफ्नो प्रस्तुती प्रस्तुत गरेका चिए ।


यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्टिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहेको आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गरेका थिए ।

हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए ।

कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगञ्ज महोत्सव २०८० पुष १७ गतेसम्म सञ्चालन हुने छ । आज महोत्सवको उदघोषण असोक रावलले गरेका थिए । यस्तै शनिवार नेपालगञ्ज महोत्सवमा चर्चित कलाकार टंक तिमिल्सेना, रामजी खांड, आइना चौधरी, चर्चित डान्सर तथा टिकटक स्टार दिपिका जिएच, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज महोत्सवमा दर्शक नआउँदा व्यापारीहरूको बिजोक

६ पुष २०८०, शुक्रबार १८:३२
नेपालगञ्ज : नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा दर्शक नहुँदा कलाकार सँगै स्टल लिएर बसेका व्यापारीहरु पनि निराश भएका छन् । आयोजकले सभड्कीलो प्रचार प्रसार र पहिलो दिन स्कूलका विद्यार्थीहरू सहित को नेपालगञ्ज नगरमा र्याली गरेपनि महोत्सवमा दर्शक तान्न असफल भएका छन् । पहिलो दिन स्कूलका विद्यार्थीहरूको र्याली निकाले सँगै […]