एमाले बाँकेद्वारा मदन–आश्रीत स्मृती दिवसमा प्रहरीलाई स्वास्थ्य समाग्री हस्तान्त्रण

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १९:२२
 


नेपालगञ्ज : नेकपा एमाले बाँकेले २८ औ मदन–आश्रीत स्मृती दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । कोरोना संक्रमणको त्रासको बीचमा नागरिकको सुरक्षामा खटिने प्रहरीलाई मास्क, सेनिटाईजर र हेण्ड ग्लोब्स उपलब्ध गराएको छ ।

एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले कोरोना संक्रमणको महामारीमा आफ्नो ज्यान जोखिममा पारेर नागरिकको सुरक्षामा खटिने प्रहरीलाई संक्रमणबाट जोगाउनको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए ।

उनले मदन–आश्रीत स्मृती दिवसको अवसर पारेर बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानालाई सो सामग्री हस्तान्त्रण गरेका हुन । स्वास्थ्य सामग्री बुझ्दै प्रहरी उपरीक्षक रानाले एमाले बाँकेद्वारा उपलब्ध गराइएको सामानले कोरोना संक्रमणको बिरुद्ध काम गर्न उर्जा थपिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदन–आश्रीत स्मृती दिवसमा श्रद्धाञ्जली सभा

३ जेष्ठ २०७८, सोमबार १९:२२
नेपालगञ्ज : नेकपा एमाले बाँकेले २८औ मदन–आश्रीत स्मृती दिवसमा श्रद्धाञ्जली सभाको आयोजना गरी मनाएको छ । पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रम पार्टी अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको थियो । पार्टी सचिव प्रमोद धितालले सहजिकरण गरेको सो कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य मो. हारुन हल्वाई रहेका थिए । कोरोना […]

सम्बन्धित