दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

सदरलाइन संवाददाता ८ आश्विन २०७८, शुक्रबार १६:१०
 

काठमाण्डौ : भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको छ ।

गोली लागेर ग्याङ्गस्टार गोगीको मृत्यु भएको छ भने क्रस फायरिङ्गमा दुई आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीले वकिलको भेषमा आएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत लगिएको थियो ।


गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनको नेटवर्कमा ५० भन्दा बढी मानिसले काम गरिरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न

८ आश्विन २०७८, शुक्रबार १६:१०
नेपालगञ्ज : योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि शनिवार नेपालगञ्जमा समापन भएको समारोहमा ३१ जना दिक्षित भएका छन् । योग समिति नेपालका अध्यक्ष गिरिराज शर्मा भटराईको अध्यक्षतामा भएको गुरु दिक्षा ग्रहण तथा प्रमाण पत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल […]

सम्बन्धित