सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्केका छन् । विगत २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।
