बाँकेमा ३६५ डिष्चार्ज हुँदा ७५ संक्रमित थपिए

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १६:४६
 

नेपालगञ्ज : बाँकेमा सोमवार ७५ जना कोरोना संक्रमित थपिएका छन् भने ३६५ जना कोरोनामुक्त भई डिष्चार्ज भएका छन् । बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १४९ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्याबमा ९१ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १५ हजार ६ सय ९ जना संक्रमित भएका छन् । ती मध्ये १२ हजार ४ सय ८५ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये २ सय ४० जनाको मृत्यु भएको छ ।

जिल्लामा २ हजार ८ सय ८४ जना आइसोलेसनमा रहँदा ४ सय ७५ जना अस्पताल र आइसोलेसनमा छन् भने २ हजार ५ सय २६ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अक्सिजन बोकेर हिँडेको गाडी दुर्घटना

३ जेष्ठ २०७८, सोमबार १६:४६
नेपालगञ्ज : नेपालगञ्जदेखि दांगको तुलसीपुर जाँदै गरेको अक्सिजन बोकेको गाडी दुर्घटना भएको छ । नेपालगञ्जदेखि तुलसीपुरतर्फ गइरहेको अक्सिजन बोकेको जिप बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया नजिक दुर्घटनामा परेको हो । सोमबार दिउँसो राप्तीसोनारीस्थित मुगुवा खोलादेखि २ किलोमिटर अगाडी अगैया नजिक भएको उक्त जिप दुर्घना भएको छ । दुर्घटनामा […]