बाँकेमा अवैध सामान बरामद

सदरलाइन संवाददाता २३ असार २०७८, बुधबार १५:४२
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले अवैधरुपमा ल्याउँदै गरिएको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवा चोक हुँदै अवैधरुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याइँदै गरेको लत्ताकपडा, सुर्तीजन्य पदार्थ र कस्मेटिक सामानहरु बरामद गरेको हो ।


सशस्त्र प्रहरीका असई दिपक बोहराको कमाण्डमा खटिएको सीमा नाका टोलीले विशेष सुराकीको आधारमा बुधवार विहान ५ बजे ती अवैध सामान बरामद गर्न सफल भएको हो । बरामद गरिएका ती सामान २ लाख बढी मूल्यको रहेको सशस्त्र प्रहरीले जनाएको छ । सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय अभिनेता दिलिप कुमारको निधन

२३ असार २०७८, बुधबार १५:४२
काठमाण्डौ : भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधवार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनी पाँच […]