प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार

२२ फाल्गुन २०७६, बिहीबार ११:५९
 

सदरलाइनडटकम,
काठमाण्डौं  : दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भई रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन ।

प्रधानमन्त्रीलाई बिहीबार चिकित्सकहरुले तरल पदार्थ खान दिएको र मिर्गौला प्रत्यारोपण गर्न अघि चिकित्सकहरुले बनाएको पूर्व योजना अनुसार नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डाक्टर प्रम ज्ञवालीलाई उदृत गर्दै जानकारी दिएका छन् ।

प्रधानमन्त्रीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरि रहेका छन् ।
प्रधानमन्त्री ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखिएको अस्पतालले जनाएको छ । ओलीको स्वास्थ्यबारे बिहीबार औपचारिक जानकारी दिइएको छैन । यद्यपी अस्पताल स्रोतका अनुसार, हरेक दिन अपरान्ह ४ बजे प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिने तयारी गरिएको छ ।


१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको बुधबार दिउँसो ४ घण्टा ४५ मिनेट लगाएर मृगौला प्रत्यारोपण गरिएको थियो ।

उनलाई भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिएकी हुन । मृगौला दान गरेकी समीक्षाको स्वास्थ्यमा समेत सुधार भइरहेको चिकित्सकले जनाएका छन् । फाइल फोटो

Next Post

कपिलवस्तुमा अज्ञात समूहद्वारा ६ वटा गाडीमा आगजनी

२२ फाल्गुन २०७६, बिहीबार ११:५९
सदरलाइनडटकम, बुटवल : हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा काम गरिरहेका गाडीमा बधवारराती १ बजे अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । अज्ञात समुहले विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा […]