अन्तरजातीय विवाहपछि बेपत्ता भएका युवक भेटिए

सदरलाइन संवाददाता ७ पुष २०७८, बुधबार १३:२३
 

नेपालगञ्ज : अन्तरजातीय विवाह गरेर मंसिर २९ गतेदेखि सम्पर्कविहिन हुम्लाका चन्द्रे कामी भेटिएका छन् । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा फेला पारेको हो ।

उनको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको हुम्ला प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार डीएसपी हेरम्ब शर्माको टोलीले उनलाई सदरमुकाम ल्याइँदैछ । ‘हाम्रो डिएसपी सापको टोलीले उनलाई खार्पुनाथमा सामान्य अवस्थामा फेला पारेको छ,’ भण्डारीले भने, ‘अब सदरमुकाम ल्याउँदैछौं । थप विवरण बुझ्न एक दुई घण्टा कुर्नुपर्ने हुन्छ ।’


हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रेले मंसिर ५ मा मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ल (सुन्तली)लाई भगाएपछि रमिलाका माइती पक्षले २९ गते राती खोसेर लिएका थिए ।

उनीहरुले त्यसै दिन चन्द्रेलाई समेत लगेको जैरका गाउलेहरुले बताएका थिए। त्यसै दिनदेखि सम्पर्कविहिन उनलाई खोज्न आफै निस्किएका डिएसपी हेरम्ब शर्माको टोलीले भेटेको हो ।

सुन्तली र उनका बुवा प्रहरीको निगरानीमै छन् भने चन्द्रेको परिवार गाउँलेले उनलाई सुन्तलीका माइती पक्षले सँगै लिएको दाबी गरिरहेका थिए । केटीको परिवारले भने आफूहरुले छोरी मात्र ल्याएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके युनेस्कोद्वारा मानवबेचविखन बिरुद्धका अभियन्तालाई क्षमता विकास तालिम

७ पुष २०७८, बुधबार १३:२३
नेपालगञ्ज : प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सम्पनन गरेको छ । सो परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका […]

सम्बन्धित