सबैभन्दा सानो उमेरका उम्मेदवार : कंडेल

५ भाद्र २०७३, आईतवार ११:३८
 

t ttttttसदरलाइनडटकम,
५ भदौ, नेपालगन्ज : आगामी भाद्र ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदका उम्मेदवार तेज नारायण कंडेलले पनि आफ्नो प्रचार अभियान तीब्र पारेका छन् । उनी उमेरको सबै भन्दा कान्छा उम्मेदवार भएको निर्वाचन समितिलाई उदृढ गर्दै उनको प्रचार सचिवालयले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सो निर्वाचनका लागि परेका ४२ वटा सदस्यको उम्मेदवारहरु मध्य सबै भन्दा कम उम्मेरका उम्मेदवार कंडेल हुन । पाकाहरुको बाहुल्यता हुने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघमा सबैभन्दा कम उमेरका स्वतन्त्रबाट सदस्य पदका उम्मेदवार कंडेल ३१ वर्षको रहेको निर्वाचन समितिले जनाएको हो ।
निर्वाचन अधिकृत भोला हमालले निर्वाचनको सम्पुर्ण तयारीहरु तिव्र गतिमा भइरहेको भन्दै कंडेल कम उमेरको भएपनि कानुन अनुसार उम्मेदवार बन्न योग्य रहेको जनाए । घरदैलो अभियान जारी राखेका स्वतन्त्र सदस्य पदका उम्मेदवार कंडेलले सानो उमेरको भएपनि युवामा काम गर्ने जोंस जाँगर हुने भएको हुँदा एक पटक जिताउन आग्रह गरे ।
आइतबार नेपालगन्जको खजुरारोडका व्यापारीहरुमाझ भेटघाट गरेका कंडेलले जित्ने आधारहरु थपिदै गएको दावी गरेका छन् । खजुरारोडमा भएका १ सय ५० बढि व्यापारीहरु कहाँ भेटघाट गरेपछि सम्पुर्ण व्यापारीहरुले सकारात्मक र जोसिला प्रतिकृया दिएको भन्दै उनले जित सुनिश्चित हुँदै गएको दावी गरेका हुन् ।
व्यापारीहरु संगको भेटघाटको क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र विचार धाराबाट नेतृत्व पंक्तिमा जान खोज्नु सकारात्मक कार्य रहेको भन्दै व्यापारीहरुले उत्साह जनक हौसला प्रदान गर्ने गरेको उम्मेदवार कंडेलले जनाए । उनले सोमबार राँझा क्षेत्रका व्यापारीहरु संग भेटघाट गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधन र निर्वाचनमा भारतको चासो !

५ भाद्र २०७३, आईतवार ११:३८
सदरलाइनडटकम ५ भदौ, काठमाडौं : भारतका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरुले नेपालमा संविधान कार्यान्वय भएर आर्थिक समृद्धि भएको हेर्न आफुहरु ईच्छुक रहेको बताएका छन् । नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनीहरुले विभिन्न आन्दोलनबाट प्राप्त भएका संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डाहरुलाई संस्थागत गर्नपनि संविधान कार्यान्वयन अनिवार्य भएकोले नेपालका […]