कोरोना संक्रमितको उपचार सहजिकरणका लागि लागि भेरीमा स्वास्थ्य सहायता कक्ष

सदरलाइन संवाददाता २ जेष्ठ २०७८, आईतवार १७:५०
 


नेपालगञ्ज : कोरोना संक्रमितको अत्यधिक चाप बढ्न थालेपछि नेपालगञ्जको भेरी अस्पतालको आपत्कालिन कक्ष अगाडि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईएको छ ।

कोभिड– १९ का संक्रमितको उपचार सहयोगार्थ नेपलिज अमेरिकन च्याम्बर अफ कर्मश डग्लास टेक्सास, टेक्सास नेपलिज मेडिकल एशोशियसनको सहयोग, डिसिसिएमसि बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा आईतबारबाट स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईएको हो ।

आकस्मिक कक्ष अगाडि स्थापना गरिएको स्वास्थ्य डेस्कको एक कार्यक्रमका बिच भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार धिताल र अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाले उद्घाटन गरेका हुन ।

भेरी अस्पतालमा कोभिड संक्रमितको अत्याधिक चाप रहेको अवस्थामा स्वास्थ्य सहायता डेस्कको उद्घाटन भएसँगै सेवा प्रारम्भ गर्नुको साथै भेरीमा आउने कोभिडको बिरामीको उपचारमा सहज हुने विश्वास ब्यक्त गरिएको छ ।


भेरी अस्पतालका मेडिकल सुप्रिन्टेडेन्ट डा. थापाले भेरीमा पछिल्लो २–३ दिन यता बाँकेको संक्रमित उपचारको लागि अस्पताल आउने क्रम केही घटेको बताए । उनले जटिल अवस्थाका संक्रमित अस्पताल आउने क्रम घटेको मात्र पाईए पनि जोखिम भने कम नभएको बताए । मेसु डा. थापाका अनुसार भेरी अस्पतालमा हाल छिमेकी जिल्ला तथा पहाडि जिल्लाका अत्यन्तै जटिल अवस्थामा विरामीको चाप अधिक रहेको बताए ।

कोभिडका बिरामीहरुलाई सहयोग गर्ने उद्धेश्यले सञ्चालन गरिएको डेस्कबाट कोभिडका बारेमा जानकारीहरु प्रदान गर्ने, बिरामी र अस्पतालका बिचमा आवश्यक समन्वय गर्ने, बिरामिहरुलाई भर्ना तथा अन्य सहयोगमा समन्वय गर्ने, औषधि तथा अन्य चेकजाँचमा समन्वय गर्ने लगायतका कामहरु गर्ने लगायतका सेवा प्रदान गर्ने बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । उनले सञ्चालन गरिएको डेस्कमा बासले एक जना हेल्थ असिष्टेन्ट र एक जना अनमी गरी दुई जना कर्मचारी नियुक्त गरेको बताए ।

पछिल्लो समय भेरी अस्पतलामा आउने कोभिड संक्रमणको दर बाँकेको केही कमी भएको पाईए पनि छिमेकी जिल्ला तथा पहाडि जिल्लाबाट अत्यन्त जटील केश आउने गरेको र आएका बिरामी कसैलाई पनि नर्फाई उपचार गरिएको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी दिए ।

स्वास्थ्य डेस्क उद्घाटन कार्यक्रममा भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. संकेत रिसाल, जिल्ला विपत व्यवस्थापन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवाली, बासका कार्यकारी निर्देशक नमस्कार शाह, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिब शिबकुमार बर्मा, निर्देशक हेमराज भट्ट, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पताललाई हमाल र बासको आर्थिक सहयोग

२ जेष्ठ २०७८, आईतवार १७:५०
नेपालगञ्ज :  नेपालगञ्ज–१२ नर्सिङ्गहोम पछाडिका स्थायी बासिन्दा हाल अष्टेलियामा बसोबास गर्दै आएका शौरभ हमालले भेरी अस्पतालमा कोभिडका विरामीको उपचारको लागि एक लाख आर्थिक सहयोग गरेका छन् । भेरी अस्पतालमा कोभिड संक्रमितको चाप अधिक बढ्दो रहेको अवस्थामा कोभिड संक्रमितको उपचारको लागि सहयोग पुराउने उदेश्यले उनले आफ्ना आफन्त जिल्ला स्वास्थ्य कार्यालय बाँकेका […]