बाँकेका ग्यास उद्योगमा म्याद सकिएका पाँच हजार ग्यास सिलिण्डर फेला

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १३:१६
 

नेपालगञ्ज : संयुक्त बजार अनुगमन समितिले बाँकेका दुई ठुला ग्यास उद्योगमा गरेको अनुगमनबाट ठुलो मात्रामा म्याद सकिएका ग्यास सिलिण्डर फेला पारेको छ ।

अनुगमन समितिले शुक्रबार जिल्लाको मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगमा अनुगमन गरेर प्रयोगमा ल्याउन नसकिने अवस्थाका धेरै संख्यामा ग्यास सिलिण्डर फेला पारेको हो ।

अनुगमनले बाँकेमा पनि दुर्घटना निम्त्यिाउन सक्ने अवस्थाका धेरै संख्याका ग्यास सिलिण्डर बजारमा छ्याप छ्याप्ती रहेको हुन सक्ने आशंका उत्पन्न गरेको छ ।

समितिले मनकामना ग्यास उद्योगबाट म्याद समाप्त भएका, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त रहेका र तत्काल म्याद सकिन लागेका ग्यास सिलिण्डर फेला परेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकृत देवीलाल चौलागाईले जानकारी दिए ।


उनका अनुसार मनकामना ग्यास उद्योगमा म्याद समाप्त भएका १ सय ६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर गरि जम्मा २ सय १० ग्यास सिलिन्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

साथै मनकामनामा लिकेज जाँच गर्ने मेसिनको प्रयोग नै नगरी ग्यास सिलिण्डर बजारमा पठाउने गरेकोले ग्यास लिकेज टेष्टिङ्ग मेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन समेत निर्देशन दिएको छ ।

यस्तै भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार ग्यास सिलिन्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय वटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका २ सय वटा ग्यास सिलिन्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिएको अनुगमनमा सहभागि उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकृत चौलागाईले जानकारी दिए । कार्यालयले व्यवसायी जिम्मेवार बन्नुनका साथै उपभोक्ता सचेत बन्न आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडक्रस बाँकेमा ’सम्झना’ पुनः सभापतिमा चयन

६ फाल्गुन २०७९, शनिबार १३:१६
नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको सभापतिमा फेरि गोवर्धन सिंह सम्झना निर्वाचित भएका छन् । ४१औं जिल्ला सभाको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । भएको छ । उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष […]

सम्बन्धित