नेपालगञ्ज : नेपालगञ्ज–१२ नर्सिङ्गहोम पछाडिका स्थायी बासिन्दा हाल अष्टेलियामा बसोबास गर्दै आएका शौरभ हमालले भेरी अस्पतालमा कोभिडका विरामीको उपचारको लागि एक लाख आर्थिक सहयोग गरेका छन् ।
भेरी अस्पतालमा कोभिड संक्रमितको चाप अधिक बढ्दो रहेको अवस्थामा कोभिड संक्रमितको उपचारको लागि सहयोग पुराउने उदेश्यले उनले आफ्ना आफन्त जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह मार्फत सो रकम उपलब्ध गराएका हुन ।
शाहले भेरी अस्पताल परिसरमा एक कार्यक्रमका बीचमा सो रकमको चेक भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोदकुमार धिताल र अस्पतालका मेसु डा. प्रकाशबहादुर थापालाई हस्तान्त्रण गरेका छन् ।


यसैगरी शुसाशनको क्षेत्रमा क्रियाशिल बास नेपालले भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि आवश्यक पर्ने अक्सिजन रिफिलको लागि ९० हजार आर्थिक सहयोग गरेको छ ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सो चेक अस्पतालका अध्यक्ष धिताल र मेसु डा. थापालाई हस्तान्त्रण गरेका थिए । अस्पतालका अध्यक्ष धितालले सहयोगीदाता दुबैलाई अस्पतालको तर्फबाट धन्यबाद दिदै कोभिड संक्रमितको उपचारमा उपलब्ध भएको रकम खर्चने प्रतिबद्धता जनाए । सो अवसरमा बासका निबर्तमान अध्यक्ष मन भण्डारी, हेमराज भट्ट र अस्पताल विकास समितिका सदस्य धनराम ओलीको उपस्थिति रहेको थियो ।