सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ मैटहवा माविलाई क्वारेन्टाइन बनाउने भएको छ । खजुरा गाउँपालिका कार्यपालिकाको शनिवार बसेको ४९ औं बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाविरुद्ध लड्न व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याउने निर्णयसमेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले केन्द्र, प्रदेश सरकारले गरेका निर्णय पूर्णपालना गर्दै कोरोना रोकथामका लागि विभिन्न १५ वटा निर्णय गरेको सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए । स्वास्थ्य चौकीहलाई अझ व्यवस्थित गर्दै हेल्थ डेक्सको रुपमा पनि प्रयोग गरिने बताइएको छ ।
