जानकीको सार्वजनिक सुनुवाइमा ६ बुँदे प्रतिबद्धता

सदरलाइन संवाददाता १८ पुष २०८०, बुधबार १८:३५
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा ६ वटा प्रतिबद्धता गरिएको छ । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयमा गरिएको सार्वजनिक सुनुवाइमा सरोकारवाला र सहभागीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

घोषणा गरिएका प्रतिबद्धतामा गाउँपालिकाभित्र सञ्चालित सडक योजनामा नाला निर्माण नहुँदा डुबानको समस्या देखिएको र ठेकेदार कम्पनीलाई जानकारी गराउँदा समेत अटेरी गरिरहेका तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्ने, गाउँपालिकाभित्र जडान गरिएका सडक बत्तीको मर्मत तथा जडानका लागि विद्युत प्राधिकरणसँग समन्वय गर्ने, लक्षित वर्ग उत्थान कार्यक्रम हालसम्म सञ्चालन नभएको पाइएकाले यथाशक्य पारदर्शी रूपमा कार्यक्रम सञ्चालन गर्ने रहेको छ ।


यसैगरी पालिकाभित्र रहेका विद्यालयको स्तरोन्नति गर्ने, शैक्षिक सुधारका लागि योजनासहित काम गर्ने, रेडक्रसमार्फत हुने कार्यक्रममा आवश्यकताअनुसार सहकार्य गर्ने, कृषकले समयमा मलखाद नपाएको गुनासो आएकाले आगामी दिनमा गुनासो नआउनेगरी समयसिमाभित्र मलखाद वितरणको व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ ।

वास नेपालका उपाध्यक्ष शिवकुमार बर्माले सहजीकरण गरेको सुनुवाइको सुरुवातमा पालिकाले गरेका कार्यक्रम तथा प्रगतिबारेमा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले गरेका थिए । सुनुवाइमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्षहरू, शाखा प्रमुखहरूले दिएका थिए । सार्वजनिक सुनुवाइमा ३ सय २० बढी स्थानीयको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा चिसोले जनजीवन प्रभावित

१८ पुष २०८०, बुधबार १८:३५
नेपालगञ्ज : गत केही दिन यता सुरु भएको हुस्सु र कुहिरोसँगै बिहान बेलुका चल्ने शीतलहरले नेपालगञ्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम कार्यालय नेपालगञ्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बुधबार बिहान नेपालगञ्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस […]