गृहणीका लाागि भान्सा सुधार अभिमुखिकरण सम्पन्न

सदरलाइन संवाददाता २८ असार २०८०, बिहीबार १३:४३
 

नेपालगञ्ज : स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार अभिमुखिकरण १ दिने कार्यक्रम सम्पन्न भएको छ ।

लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य मन्त्रालय निर्देशनालय बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्ज, बाँकेको आयोजना र जानकी गाउँपालिका बाँकेको समन्वयमा स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार अभिमुखिकरण १ दिने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले स्वस्थकर खाना कसरी पकाउने, कसरी खुवाउने र खानपानमा गृहिणीहरुले नै भान्साबाट पकाएर खुवाउने भएकाले आयुर्वेद स्वास्थ्य केन्द्रले गरेको गृहिणीहरुका लागी भान्सा सुधार अभिमुखिकरण कार्यक्रम एकदमै जरुरी रहेको बताए ।

साथै उनले अहिलेको खानपिनमा धेरै प्रदुशित भएको युगमा आयुर्वेदको उपचारमा पैसा पनि कम लाग्ने, शारीरिक डिफेक्ट पनि नहुने र सस्तो सरल तरिकाबाट पनि गर्न सकिने भनेर जुन कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्दले राखेको छ त्यो धेरै नै राम्रो कार्य भएको बताए ।


त्यसैगरेर जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिँहराज डाँगीले जानकीमा आयुर्वेद स्वास्थ्य अस्पतालको सँघिय सरकार सँग माग गर्ने तयारी भइरहेको बताए ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्ज बाँकेकी कार्यालय प्रमुख गिता रेग्मीले विश्वमा नै अस्वस्थकर खानपिन र बढ्दो आधुनिकीकरण सँगै नसर्ने रोगको धेरै प्रकोप बढिरहेको हुनाले नसर्ने रोगको न्युनिकरण र खानामा पोषणको त्यती ध्यान नदिदा पोषणको कमीले गर्दा पनि विभिन्न किसिमको सङ्क्रमणजन्य रोगहरु लाग्ने भएको हुनाले विश्व परिवेशमा नसर्ने रोगको जोखिम बढ्दै गईरहेको हुँदा स्वास्थ्यकै आधार भनेकै स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार अभिमुखिकरण र सबै नागरीकलाई स्वस्थ बनाउनका लागी कार्यक्रम गरिएको बताईन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, स्वास्थ्य शाखाका प्रमुख दल बहादुर राना, आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्ज बाँकेका निवर्तमान कार्यालय प्रमुख अनिल कुमार चौधरी, आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्ज बाँकेका व्यवस्थापन समितिका अध्यक्ष जनकराम भण्डारी, सदस्य अच्छरी पोखरेल, परामर्शदाता शोहराव अलि दर्जी, स्वयम सेविकाहरु, गृहिणीहरु लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार शुल्क अनिवार्य तिर्नुपर्नेमा कडाई

२८ असार २०८०, बिहीबार १३:४३
नेपालगञ्ज : नेपालगञ्ज भञ्सार कार्यालयले एक सय मुल्य भन्दा बढिको जुनसुकै सामान भित्र्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने कानूनी व्यवस्थालाई कडाईका साथ लागु गरेको छ । उक्त नियम कार्यान्वयनमा कडाई गरेपछि बाँके लगायत छिमेकी जिल्लाहरु बर्दिया,सुर्खेतसम्मबाट किनमेलका लागि रुपईडिहा पुग्न सर्बसाधारणहरु हच्किएका छन् । तर अवैधरुपमा सामान ओसारपसारमा संलग्न ‘क्यारिङ्ग’ गर्नेहरुले […]

सम्बन्धित