मदरासाको शैक्षिकस्तर उकास्न हदैसम्म प्रयास गरीने

१० पुष २०७५, मंगलवार १४:५१
 

सदरलाइनडटकम, 
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा सञ्चालनमा रहेका मदरासाहरुको शैक्षिकस्तर उकास्नको लागि गाउपालिकाले हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएको छ ।
खजुरा गाउँपालिकाको आयोजना तथा जनजागरण समाजको सहयोग तथा समन्वयमा भएको समन्वय बैठकमा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गाउपालिकामा सञ्चालनमा रहेका मदरासाहरुको भौतिक, शैक्षिक तथा पूर्वधारको अवस्था निकै कमजोर देखिएकाले यसलाई सुधार गरी अघि बढ्न भन्दा अर्को विकल्प नभएको बताए ।
उनले गाउपालिकाले मदरसाको शैक्षिक अवस्थाको सुधार गर्दै भैतिक पूर्वाधारमा समेत गर्न सक्ने सहयोगको लागि तयार रहेको बताए । उनले आफुलाई जनाकारीमा भए अनुसार खजुरा क्षेत्रमा रहेका १७ वटा मदरसा मध्ये ३ वटा नाजुक अवस्थामा र ५ वटालाई सुधार गर्नपर्ने देखिएकाले यहि आर्थिक वर्षभित्र सुधार गर्न नसके अन्य विद्यालय वा मदरसामा मर्ज गर्ने अथवा खारेज गर्ने निकर्ष निकालिएको समेत बताए ।
गाउँपालिका अध्यक्ष कक्षपतिले मदरासाको शैक्षिक स्तरोन्नती गर्न मदरासा शिक्षा सुधारका लागि स्पष्ट नीति आवश्यक रहेको बताउदै विद्यार्थी सङख्या नभएका मदरासालाई शैक्षिक अनुदान पनि दिन नसकिने स्पष्ट पारे ।
मदरासाको स्तरोन्नती तथा मुस्लिम र मधेशी बालबालिकाहरुको शिक्षामा पहुँच अभिवृद्धिका लागि सरोकारवालाहरुविच गरिएको समन्वय बैठकमा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले मदरसा तथा अन्य शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तर बढाउनको लागि पनि स्थानीय स्तरबाट पहल हुनु आवश्यक रहेको औल्याईन । उनले सिमान्तकृत र पछाडि पारिएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनको लागि मदरसाले अहम भूमिका निर्वाह गर्नसक्ने बताएकी थिईन ।
जनजागरण समाज बाँकेका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले सहजिकरण गरेको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई नेपालगन्जका प्रमुख गोरखबहादुर थापा, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, वडा नम्बर ५ र ८ का वडाध्यक्ष, गाउँपालिकाका विद्यालय निरिक्षक विश्वराज ढकाल, श्रोत व्यक्ति टंकनाथ दाहाल,गाउँपालिका क्षेत्रमा रहेका सम्पुर्ण मदरासाका प्रध्यानाध्यापक, शिक्षक र मदरासा व्यवस्थापन समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।  

Next Post

इसाई धर्मावलम्बीले क्रिसमसडे मनाउँदै

१० पुष २०७५, मंगलवार १४:५१
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : इसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी मंगलवार क्रिसमस डे मनाइरहेका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका रुपमा २५ डिसेम्बरमा क्रिसमस डे मनाइने गरिन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या अर्थात् अविवाहित मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट […]

सम्बन्धित