शुक्रवारदेखि यमपञ्चक शुरु, पहिलोदिन धनतेरस मनाईंदै

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १२:५३
 

नेपालगञ्ज : हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ । शुक्रवारदेखि यमपञ्चक शुरु भएको छ । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाईंदैछ ।

दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ ।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।


दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका अध्यक्ष शाह अस्पताल भर्ना

२४ कार्तिक २०८०, शुक्रबार १२:५३
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ । अध्यक्ष शाहको छातीमा एक्कासि समस्या देखिएपछि उहाँलाई भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरिएको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाका प्रेस संयोजक आलम खानले अध्यक्ष शाहको स्वास्थ्यमा […]