सरकारले रेम्डिसिभिरको मूल्य प्रति भाइल ४ हजार ९०० तोक्यो

सदरलाइन संवाददाता २९ बैशाख २०७८, बुधबार १७:१०
 

काठमाण्डौ : सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् ।

कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रिस्क्रिप्सन लिएर जानुपर्ने छ ।


औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज १४ मा घरघरमा स्वास्थ्य परामर्श

२९ बैशाख २०७८, बुधबार १७:१०
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि स्वास्थ्यकर्मीसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । वडा अध्यक्ष ओमकारनाथ मिश्राको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । कोभिड संक्रमित बाहेक कोभिडको लक्षण देखिएका र परीक्षण नगराएका […]

सम्बन्धित