चाँदी कहाँ होलाले पराजुलीलाई चम्काउदै

१२ फाल्गुन २०७६, सोमबार १५:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गीत संगीतको क्षेत्रमा पछिल्लो समय चाँदी कहाँ होला दोहोरी गीतले बजारमा चर्चा पाएको छ । बहुप्रतिभा भएका गायक तथा सर्जक प्रकाश पराजुली बजारमा छोटो समयमा नै मनग्य दर्शक स्रोताको मनमा बस्न सफल ‘चाँदी कहाँ होला’ दोहोरी गीत केही दिन अगाडि मात्र बजार मा आएको हो ।

धेरै गीती एल्बम बजारमा ल्याई सकेका बुलन्द आवाजको धनी दोहोरीका प्रखर गायक प्रकाश पराजुली स्याङ्जामा जन्मिएर बिगत लामो समयदेखि नेपाली गीत संगीतलाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आएका छन् ।


आज भन्दा केही दिन अगाडि मात्र बजारमा आएको चादी कहाँ होला दोहोरी गीतमा भने स्वर गायिका सन्जु न्यौपाने र गायक रबिन लामिछानेको रहेको छ भने नबराज पन्तको शब्द प्रकाश पराजुलीको संगीत, कृष्ण बिक भान्जाको एरेन्ज र कुमार राना मगरको मिक्सिङ मास्टरिङ रहेको ‘चादी कहाँ होला’ भिडियो सार्बजनिक भएको हो ।

मौसम हिमालिको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेश थापा, निसा न्यौपाने, जुना गुरुङ ओवि रायमाझीको अभिनय रहेको म्युजिक भिडियोलाई करण चौसिरको छायांकन रहेको छ भने भिडियोमा दृश्य सम्पादन मनोज कार्कीले गरेका गरेका छन । यो समाचार तयार पार्दासम्म २ लाख ७३ हजार भन्दा बढी भ्युज कमाउन सफल भएको ‘चादी कहाँ होला’ गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । ‘चादी कहाँ होला’ गीत सन्जु न्यौपाने नामक ब्यक्तिगत युट्युब च्यानलबाट बजारमा आएको हो ।

Next Post

सांस्कृतिक डबलीको मुख्यमन्त्री पोख्रलद्वारा शिलान्यास

१२ फाल्गुन २०७६, सोमबार १५:५१
सदरलाइनडटकम, दाङ : दाङको घोराहीमा साँस्कृतिक डबली निर्माण हुने भएको छ । उपमहानगरपालिका १८ घोडदौरामा प्रदेश सरकारको लगानीमा निर्माण हुने साँस्कृतिक डवली खुल्ला नाट्य घरको सोमवार मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गरे । नाट्यघर करीब साढे ११ करोडको लगानीमा निर्माण हुने भएको हो । बहुुबर्षीय योजनामार्फत पहिलो चालु बर्षमा साढे १ […]