‘रेमडिसेभिर’ ईन्जेक्सन कालोबजारी गरेको आरोपमा दुई पक्राउ

सदरलाइन संवाददाता २९ बैशाख २०७८, बुधबार १५:४६
 


नेपालगञ्ज : बाँके प्रहरीले कोरोना संक्रमितको लागि उपचारमा सहयोगि मानिएको ‘रेमडिसेभिर’ ईन्जेक्सनको कालो बजारी गरेको आरोपमा दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई २ भाईल ‘रेमडिसेभिर’ ईन्जेक्सन ५० हजारमा बिक्रि गरेको आरोपमा नेपालगञ्ज श्रृष्टिहल नजिकबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका नेपालगञ्ज–८ का २३ वर्षिय मो जाबेद अन्सारी र नेपालगञ्ज–११का २५ वर्षिय हारुन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिए । प्रहरीले उनीहरुबाट बरामद भएको ईन्जेक्सन ‘रेमडिसेभिर’ भए नभएको अनुसंन्धान सुरु गरेको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका जाबेद मेडिकल रिप्रेन्जेटिभ भएको बुझिन आएको छ । हारुन दराज बनाउने कारिगर रहेको र प्रहरीले पक्राउ गर्दा उनी जाबेदको साथमा रहेको आफन्तले बताएका छन । प्रहरीले उनीहरु माथि अनुसंन्धान सुरु गरेको जनाएको छ । केही समय यता बाँकेमा कोरोना संक्रमणको दर बृद्धि भएसंगै ‘रेमडिसेभिर’ ईन्जेक्सनको माग अत्याधिक रहेको छ ।


बजारमा साढे ५ हजारसम्ममा बिक्रि हुने सो ईन्जेक्सन कालोबजारी गरी २५ हजारमा प्रतिभ्वायल बिक्रि गरेको पाइएपछि उजुरीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

यसअघि ‘रेमडिसेभिर’ ईन्जेक्सनको विक्रिमा अनियमितता गरेको आरोपमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा रहेको गौतम बुद्ध नेपालगञ्ज फार्मेसी प्रालिलाई बजार अनुगमनको टोलीले २ लाख जरिवाना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार बिश्व नर्स दिवस मनाइँदै

२९ बैशाख २०७८, बुधबार १५:४६
नेपालगञ्ज : बुधवार अन्तर्राष्ट्रिय नर्स दिवस । ‘नर्स ः नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन’ भन्ने नाराका साथ मनाइँदै छ । कोरोनाको यो महामारीमा नर्सलाई बिरामीको सहयोग गर्ने एक स्वास्थ्यकर्मीको रुपमा चिनिन्छ । विश्वमा हरेक वर्षको मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ […]