बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थलको सबै उडान रद्द

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १४:४२
 

नेपालगञ्ज : बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । विहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र सङ्घीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।

जहाज अवतरण र उडानका लागि भिजिविलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरुलगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझाङ्गका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिविलिटी नपुग्दा सबै उडान रद्द गरिएको विमानस्थल टावरका अफिसर महेन्द्र बहादुर सिंहले बताउनुभयो ।


मंगलबार विहानैदेखि ६ सय मिटर मात्र भिजिविलिटी रहेकाले पहाडी जिल्लाहरुका सबै उडान रद्द गर्नुका साथै राजधानीका पनि हालसम्मका सबै उडान रद्द गरिएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा दैनिक उडान हुने गरेको छ ।

यसैगरी, केही दिनयता शुरु भएको शितलहर र चिसोका कारण बाँके र बर्दियाको जनजिवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । चिसोकै कारण धेरै मजदुरले काम पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा प्रहरीकै संरक्षणमा गुण्डागर्दी मौलाउदै

१९ पुष २०७९, मंगलवार १४:४२
नेपालगञ्ज :  लामो समयसम्म शान्त रहेको बाँकेमा पछिल्लो समय प्रहरी संरक्षणमा गुण्डागर्दीले प्रसय पाएको छ । बिगत केही समय यता दिनहुँ जसो ग्याङ्ग फाईट हुने र प्रहरीले एक पक्षलाई संरक्षण गर्ने अर्को पक्षलाई लखेट्ने गरेकोले गुण्डागर्दी बढ्दो क्रममा रहेको हो । गत आइतवार दिउँसो नेपालगञ्ज–४ गणेशपुरमा नेपालगञ्ज–१२ का अनुराग शाह, […]