हजुरबुबा र नाति पुस्ता मिलेर तिहार पर्व मनाउँदै

सदरलाइन संवाददाता २९ कार्तिक २०८०, बुधबार १४:४७
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँ २४ नम्बरका ईश्वर बुढाक्षेत्री उमेरले ८० वर्ष पूरा भए । सोही ठाउँका अर्पण खत्री १५ वर्षको भए । यस वर्षको तिहारमा ८० वर्षीय हजुरबुबा र पनाती नाता पर्ने अर्पणसहितको समुह मिलेर देउसी भैलो खेलिरहेको छ ।

कर्णाली प्रदेशका जिल्लामा प्रख्यात लहरे, सिङ्गारु, कुरकुटे, मयुर नाच नाति पुस्तालाई सिकाएर हस्तान्तरण गर्ने उद्देश्यले ८० वर्षका बुढाक्षेत्री देउसी भैलोमा सक्रिय भएर लागेका छन् । उनी भन्छन्, पुर्खाको चिनोको रूपमा रहेको संस्कृति नयाँपुस्तालाई सिकाएर मर्न पाए हुन्थ्यो भन्ने छ ।


बाजे, बुवाहरुबाट परम्परागत कला र संस्कृति सिक्न पाएकोमा किशोर किशोरी पनि उत्साहित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन वर्षमा सडक दुर्घटनामा बाँकेमा २३० ले ज्यान गुमाए

२९ कार्तिक २०८०, बुधबार १४:४७
नेपालगञ्ज : बाँकेमा पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दिएको जानकारीअनुसार पछिल्लो तीन वर्षमा जिल्लामा भएका साना ठूला ४४४ वटा […]