कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ५ असार २०७८, शनिबार १०:३४
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी नगरपालिका ५ प्युठानकी ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४४ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार प्रदेशमा भीषण वर्षाको सम्भावना

५ असार २०७८, शनिबार १०:३४
काठमाण्डौ : मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण शनिवार देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण ती प्रदेशको […]