नेपालगञ्जमा पाँच ठाँउबाट स्वाब संकलन गरियो

२३ बैशाख २०७७, मंगलवार १९:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा कोरोना भाईरसको संक्रमण उच्च जोखिममा देखिएपछि नेपालगञ्जका बिभिन्न क्षेत्रबाट स्वाब संकलन शुरु गरिएको छ । नेपालगञ्ज ८ को एउटै टोलमा २३ जना कोरोना संक्रमित भेटिएपछि विभिन्न ठाँउमा स्वाब संकलन तीब्र पारिएको हो ।
मंगलवार बेलुका ५ बजेदेखि वडा नं. ८ का बिभिन्न स्थानमा स्वाब संकलन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भैरव टोल, रानी तलाउस्थित सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेशन आसपासका पसलहरुबाट स्वाब संकलन गर्न लागिएको हो ।
गत शुक्रबारदेखि मंगलवारसम्मको अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको टोली नेपालगञ्ज आएर संक्रमण रोकथाम तथा नियन्त्रणमा जुटेको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा अहिले त्यस क्षेत्रमा स्वाब संकलन अभियान शुरु गरिएको छ ।

Next Post

पोजेटिभ केस आउदैमा त्रसित नहुन खजुरा गाउँपालिकाका अध्यक्षको आग्रह

२३ बैशाख २०७७, मंगलवार १९:५८
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालन गरीएको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणका बिरामी आउदैमा त्रसित हुन नपर्ने खजुरा गाउपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अपिल गरेका छन् । उनले खजुराबासीको सुरक्षामा पालिकाले विषेश ध्यान पुराएको बताउदै उनले आफ्नो फेसबुकमा समेत उल्लेख गर्दै लेखेका छन्–‘खजुरामा खानपान बसाइ सरसफाइको […]

ताजा अपडेट