भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय

सदरलाइन संवाददाता १३ बैशाख २०७८, सोमबार १७:१७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

आइतबारै मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले पनि स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराएका थिए । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको श्रेष्ठले बताए ।


उनका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्को सूचना नभएसम्मका लागि त्रिबिका सबै परीक्षा स्थगित

१३ बैशाख २०७८, सोमबार १७:१७
काठमाण्डौ : त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा चलिरहेका बेला कोभिड–१९ को […]