मानवबेचविखन रोक्न अन्तरपुस्ता सम्वाद

सदरलाइन संवाददाता ९ आश्विन २०७८, शनिबार १६:०७
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्ज उपमहानगर वडा नम्बर २ मा शनिवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २ मा सो कार्यक्रम आयोजना गरिएको हो ।

मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गरेर मानवबेचविखन विरुद्ध सेचतना बढाउन सो सम्वादको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले कार्यक्रमको अध्यक्षता गर्दै वडा तहमा आयोजना गरिएको यो सम्वादले मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा उनिहरुका समस्याहरुका बारेमा साझा धारणा बनाउन सहयोग गरेको बताए ।


कार्यक्रममा वडा नम्बर २ का वडा सदस्यहरु आशा विष्ट र ध्रुव प्रसाद दाहाल, वडाका स्वास्थ्य प्रमुख कृष्ण बहादुर केसी, विद्यालयका प्रधानाध्यापक ललिता उपाध्याय, प्रहरी सेवा केन्द्र वडा नम्बर २ का प्रमुख प्रहरी सहायक निरीक्षक दिलसरा राना, जिल्ला युवा क्लब संजालका सदस्य अनुप बर्मा, परियोजनाका फिल्ड सुपरवाइजर शंकर सिंह थारु लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा आमा समुह, बाल क्लब, युवा क्लब, परिवर्तनका संवाहक अभियन्ताहरु र किशोर किशोरी क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

सो संवाद कार्यक्रममा मानवबेचबिखन नियन्त्रण र रोकथामका लागि सबैभदा पहिले बालबालिकालाई त्यसपछि युवति र किशोरीहरुलाई बेला बेलामा सचेत पार्नु पर्ने कुरामा विशेष जोड दिईएको थियो ।

कार्यक्रममा सहजीकरण गरेको प्रोटेक्ट परियोजनाका संयोजक महेश नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा दुईजनाको मृत्यु

९ आश्विन २०७८, शनिबार १६:०७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन् भने अर्का बर्दियाका भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको शनिवार राती मृत्यु भएको छ । उनलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको […]

सम्बन्धित