बाँकेका तीन पालिकाले गर्मी विदा बढाए

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १७:४०
 

नेपालगञ्ज : गर्मी अत्यधिक बढेपछि बाँकेका तीन वटा पालिकाले विद्यालयमा दिएको गर्मी विदा लम्ब्याएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले गर्मी विदा थप तीन लम्ब्याएका हुन् ।

गर्मी कायमै रहेकाले आजसम्म दिएको विदालाई असार ३ गतेसम्म लम्ब्याईएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । यि तीन पालिकाले यसअघि २७ गतेदेखि ३१ गतेसम्म विद्यालयमा गर्मी विदा दिएका थिए । नेपालगञ्ज, कोहलपुर र खजुरागाउँपालिकाले सूचना जारी गर्दै असार ३ गतेसम्म विदा दिएको जानकारी दिएका छन् ।


४ गते शनिवार परेकाले अव असार पाँच गते मात्रै विद्यालय खुल्ने छन् । गर्मीका कारण विद्यालयमा बालबालिकाहरु विरामी पर्न थालेपछि बर्खे विदामा मिलान हुने गरी स्थानीय पालिकाले गर्मी विदा दिएको बताएका छन् । राप्तीसोनारी र नरैनापुर गाउँपालिका बाहेक अन्य सबै पालिकाले गर्मी विदा दिएका छन् ।

नेपालगञ्जको तापक्रम ४० डिग्रीको हाराहारीमा छ । पानी नपरेका कारण नेपालगञ्जमा अत्यधिक गर्मी बढेको छ । त्यसैमा अघोषित लोडसेडिङका कारण नगरबासी आक्रान्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोषण सम्वन्धी पाँच दिने तालिम डुडुवामा शुरु

३१ जेष्ठ २०७९, मंगलवार १७:४०
डुडुवा (बाँके) : बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्तर्गतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा […]