अर्को सूचना नभएसम्मका लागि त्रिबिका सबै परीक्षा स्थगित

सदरलाइन संवाददाता १३ बैशाख २०७८, सोमबार १७:२८
 

काठमाण्डौ : त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।


परीक्षा चलिरहेका बेला कोभिड–१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ ।

यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो । त्रिविले आइतबारको परीक्षा भने सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा बर्दियाका एक जनाको मृत्यु

१३ बैशाख २०७८, सोमबार १७:२८
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट रेफर गरिएका बर्दिया बढैयाताल ८ का ४३ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्ज पुर्याएलगत्तै मृत्यु भएको हो । कोहलपुरबाट थप उपचारका लागि नेपालगञ्ज ल्याएलगत्तै उनको सोमवार दिउँसो १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन […]

सम्बन्धित