जिल्ला समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १५:०१
 

सुर्खेत : जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले/माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् ।

सुनाले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन ।


सदस्यहरुमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन्

यस्तै, माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाबागन्जबाट एकजना पक्राउ

२७ जेष्ठ २०७९, शुक्रबार १५:०१
नेपालगञ्ज : भारतको बाबागन्जबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मो. इस्लाम रहेको रुपईडिहा थाना प्रभारी निरीक्षक श्रीधर पाठकले बताए । इस्लामको साथबाट १ सय ४८ ग्राम ब्राउन सुगर, एक थान मोवाइल एउटा मोटरसाइकल र नगद ७ हजार बरामद भएको छ । उक्त लागुऔषधको मूल्य […]