प्रथम कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको स्मृति दिवस

सदरलाइन संवाददाता १३ बैशाख २०७८, सोमबार १७:०५
 

नेपालगञ्ज : नेपाल कम्युनिस्ट आन्दोलनका शिखर पुरुष नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सोमवार २२ औं स्मृति दिवस बाँकेमा मनाइएको छ ।

नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष विभिन्न जिल्ला तथा काठमाडौमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड–१९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम हुन नसकेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।


२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेकी एक महिलाको मृत्यु

१३ बैशाख २०७८, सोमबार १७:०५
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ की ४५ वर्षीया महिलाको सोमवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट बाँकेका ८७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०४ जनाको […]