क्यान्सर अस्पतालद्वारा शुभकामना आदानप्रदान

२२ आश्विन २०७५, सोमबार १९:०८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : क्यान्सर अस्पताल खजुराले सोमवार वडा दशैं, दीपावली, छठ, इदको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहलाई स्वागत सम्मानसमेत गरिएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलले जनताको प्रत्यक्ष सहभागितामा निर्माण भई सरकारलाई हस्तान्तरण गरिएको खजुरा क्यान्सर अस्पताल महत्वपूर्ण भएको उल्लेख गरे । खजुरा गाउँपालिका प्रमुख एवं सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनताको प्रत्यक्ष सहभागितामा २०६५ सालबाट धनधाञ्याञ्चलबाट अभियान शुरु गरेर देशकै नमूना अस्पताल निर्माण गरी गठन आदेशमार्फत सरकारलाई हस्तान्तरण गरिएको बताए ।
उनले शुभकामना प्रदान गर्दै असार ११ गतेदेखि सञ्चालनमा आएको अस्पतालले १ वर्षभित्र पूर्ण सेवा दिने बताए । महासचिव राजेन्द्रप्रसाद अचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिवराज श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख अरुण पौडेल, सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले शुभकामना प्रदान गर्दै जनताको लगानीबाट शुरु भएर नमूना अस्पतालका रुपमा स्थापित हुन थालेको क्यान्सर अस्पतालले जनताको सेवा पाउने अधिकार स्थापित गर्ने बताए ।

Next Post

टी–२० विश्वकप छनोटमा नेपाललाई चौथो सफलता

२२ आश्विन २०७५, सोमबार १९:०८
सदरलाइनडटकम, काठमाण्डौ : आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो खेल जीतेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपाल मंगलवार भएको खेलमा भुटानसँग १ सय १७ रनले विजयी भएको हो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य भुटान १६ दशमलव ४ ओभरमा ३३ रनमा अलआउट […]