लागू औषध ब्राउनसुगर सहित एक जना सुर्खेत प्रहरीलेको नियन्त्रणमा

सदरलाइन संवाददाता ६ कार्तिक २०७८, शनिबार १९:०४
 

सुर्खेत : सुर्खेत प्रहरीले लागू औषध ब्राउनसुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले एक जनालाई नियन्त्रणमा लिएको हो ।


वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट २८ वर्षीय खीमबहादुर बुढालाई नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिईएका व्यक्ति वीरेन्द्रनगर कोलडाँडाका रहेको प्रहरीले जनाएको छ ।

ज्याकेटको दाहिने खल्तीमा कागज भित्र ८० मिलिग्राम लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र पाईन्टको खल्तीमा १२ हजार ४५० बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार घर खानतलासी गर्दा प्रहरीले ८ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर भेटिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार एकजनामा मात्र कोरोना पुष्टि

६ कार्तिक २०७८, शनिबार १९:०४
नेपालगञ्ज : बाँकेमा आइतवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । आइतवार संक्रमण पुष्टि भएका […]