कोरोनाबाट नेपालगञ्जकी एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ बैशाख २०७८, शनिबार १७:५८
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ वर्षीया महिलाको शनिवार विहान पौने ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।


योसंगै कोरोनाबाट बाँकेका ७७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना कहर : बाँकेमा सक्रिय संक्रमित २ हजार पार हुँदै

११ बैशाख २०७८, शनिबार १७:५८
नेपालगञ्ज : बाँकेमा शनिबार दिउसोसम्म सक्रिय संक्रमितको संख्या दुईहजार पुग्नै आँटेको छ । अप्रत्याशित रुपमा नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बृद्धि भएपछि गत ९ गतेदेखि नेपालगञ्जमा लकडाउन गरीएको छ । कोहलपुरमा पनि लकडाउनको निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्शन तेज ओलीले दिएको जानकारी अनुसार बाँकेमा शनिबार […]

सम्बन्धित