कोहलपुरमा गठबन्धनको घरदैलो अभियान शुरु

सदरलाइन संवाददाता १७ कार्तिक २०७९, बिहीबार १२:५५
 

कोहलपुर (बाँके) : पाँच दलिय बाम–लोकतान्त्रिक गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान शुरु गरेको छ । अभियानको पहिलो दिन बिहीबार कोहलपुर नगरपालिका वडा नं. २ मा घरदैलो गरिएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले संयुक्त रुपमा घरदैलो अभियान शुरु गरेका हुन् ।

घरदैलोका क्रममा अथकले आफ्नो कार्यकालमा भए गरेका विकासका कामलाई संस्थागत गर्न र बाँकी रहेका कामलाई पुर्णता दिनुुपर्ने भएकाले पुनः एक पटक मतदान गर्न आग्रह गरेका छन् । उनले संविधानको रक्षा र विकासका पक्षधरहरुबिच गठबन्धन भएकाले बिना संकोच गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए ।


०२७४ सालको निर्वाचनमा समेत यहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका अथक घरदैलो अभियानमा निस्किएपछि गठबन्धनको पक्षमा ब्यापक जनसमर्थन देखिएको छ । विकासवादी नेताको छबी बनाएका अथकलाई एक पटक फेरी जिताउन बिकासनगरका स्थानियहरु एकमत भएका छन् । आफ्नै गाँउबाट घरदैलो अभियान शुरु भएकाले थप खुशी मिलेको बताउँदै स्थानीय चन्द्रादेबी बस्नेतले गठबन्धनलाई नै मतदान गर्ने बताईन् ।

गठबन्धनको तर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले कोहलपुरको बिकास र समृद्धीकालागी गठबन्धनलाई जिताउन आग्रह गरे । उनले स्थानियको भावना अनुसार बिकास निर्माणको काममा लागिपर्ने प्रतिवद्धता जनाउँदै एक पटक अबसर दिन समेत स्थानियहरुसँग आग्रह गरेका छन् ।

घरदैलो अभियानका क्रममा स्थानियहरुले गठबन्धनका उम्मेदवारलाई भोट दिन आफुहरु आतुर रहेको बताएका थिए । घरदैलो अभियानमा गठबन्धन आवद्ध दलका नेता, कार्यकर्तासँगै स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको चिरपरिचित अनुहार रत्न खत्री

१७ कार्तिक २०७९, बिहीबार १२:५५
नेपालगञ्ज : रत्न खत्री बाँकेको राजनीतिमा चिर परिचित अनुहार । करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय रहनुभएका खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका हुन् । दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा […]