उम्मेदवार मिश्र मतदातासंगको भेटघाटमा व्यस्त

१४ कार्तिक २०७४, मंगलवार १८:०१
 

सदरलाइनडटकम
१४ कात्तिक, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार पशुपतिदयाल मिश्र मतदाताहरुसंगको भेटघाट जारी राखेका छन् । संयुक्त बामगठबन्धनका तर्फबाट उम्मेदवार हुन लागेका मिश्रले मंगलवार बिहान डुडुवा गाउँपालिकाको वडा नं. १ नयाँबस्तीका मतदाताहरुसंग भेटघाट गरेका हुन ।
मतदातासंग नयाँबस्तीमा भएको छलफलमा उम्मेदवार मिश्रले मधेसीहरुको अधिकारको सुनिश्चितता गर्दै देश विकासको गतिमा तिव्रता ल्याउन गठबन्धन गरिएकोले आशंका नगर्न आग्रह गर्दै जिताउन आग्रह गरेका हुन । मिश्रले विकास र अधिकारका लागि आफुहरुले नेकपा एमालेसँग सहकार्य गरेर निर्वाचनमा होमिएको बताएका छन ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष निरक गुरुङले भविष्यमा गठबन्धनले देशलाई प्रगति तर्फ लैजाने दावी गर्दै मतदाताहरुलाई गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन ।
उनले सबै वर्ग, क्षेत्र र समुदायको सम्मान गर्ने पार्टी एमाले भएको दावी गर्दै आत्मसम्मान र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अहवान गरे । मिश्रले सोमवार नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १९को बनघुसरा, मन्नीपुर्वा र कटिलियामा समेत मतदाताहरुसंग भेटघाट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘लोकतन्त्र सुदृढीकरण हुँदा मात्रै मानवअधिकारको प्रत्याभुत हुन सक्छ’

१४ कार्तिक २०७४, मंगलवार १८:०१
सदरलाइनडटकम १५ कात्तिक, नेपालगन्ज  : उच्च अदालत नेपालगञ्ज इजलाशकी न्यायधिश सारंगा सुवेदीले लोकतन्त्रको सुदृढीकरणबाट मात्रै मानवअधिकारको प्रत्याभुत हुन सक्ने बताएकी छन् । नेपाल मानवअधिकार संगठन बाँकेद्वारा नेपालगन्जमा आयोजित मानवअधिकार शिक्षा एवं प्रशिक्षण कार्यक्रम उदघाटन सत्रमा बोल्दै न्यायधिश सुवेदीले सो कुरा बताएकी हुन । लोकतन्त्रमा मात्रै न्यायलय स्वतन्त्र र निष्पक्ष हुन […]