सदरलाइनडटकम/निशु जोशी
४ चैत, नेपालगन्ज : कवि प्रदिप भटराई र गजलकार तथा गायीका देवकि निरौलाको विशेष रचना वाचन नेपालगन्जका युवा साहित्यकारको समुह सहयात्रा समुहद्वारा बाँकेको कोहोलपुरमा सम्पन्न भएको छ । कोहलपुरको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा शुक्रबार आयोजित सहयात्रा रचना वाचन श्रृंखला–५ मा कवि भटराई र गजलकार तथा गायीका निरौलाले तीन चरणमा गरी ९÷९ वटा गजल र कविता गायन तथा वाचन गरेका थिए ।
विभिन्न विद्यालयमा गई रचना सुनाउने र विद्यार्थीका रचनाहरु सुन्ने कार्यक्रमहरु सन्चालन गर्र्दै आएको सहयात्राले पाँचौ श्रृंखलाका रुपमा सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा स्रस्टाहरुले रचनाहरु सुनाईरहँदा विद्यार्थीहरुले लगातार ताली बजाए । कवि भट्राईले आफ्ना उत्कृष्ठ गद्य कविताहरु र केहि गजल सुनाए भने देवकीले आफ्ना उत्कृष्ठ गजलहरु गाएर सुनाएकी थिईन । यसैगरी, कार्यक्रममा वरिष्ठ कथाकार तथा अन्चल प्रहरी कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाहलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।
कथाकार शाहले साहित्यले विवेकशिल र संवेदनशिल बन्न सिकाउने वताए । ‘हरेक क्षेत्रमा काम गर्दा विवेक र संवेदनशिलता आवश्यक पर्ने भएकाले साहित्यमा लाग्न समेत विद्यार्थीहरुलाई प्रेरित गर्न आवश्यक छ’–उनले भने । विद्यालयवाट नै साहित्यकार जन्मने भएकाले यस्ता क्रियाकलापवाट नयाँ साहित्यकार जन्मने उनको विश्वास थियो । उनले २०६३ सालमा छापामारको छोरो कथासंग्रह मार्फत मदनपुरस्कार समेत प्राप्त गरेका छन् । उनका सिपाईकी स्वास्नी, ज्याक्सन हाइट लगायतका अन्य कथासंग्रह प्रकाशित छन् । कार्यक्रममा त्रिभुवन उमाविमा अध्यनरत विद्यार्थीहरुले पनि आफ्ना रचना प्रस्तुत गरेका थिए ।
समुहका उपाध्यक्ष अनुपमा कराराको सभापतित्वमा भएको कार्यक्रममा हाम्रो पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल, उपाध्यक्ष पुष्कर रीजाल, विक्रम शिशिर, डम्मर आश्रीत, रमन ढुंगाना, श्रीराम देवकोटा, तितस वैगार, रेसम महतारा, सोभान वुढा क्षत्री, प्रदिप वलि, राजन रोकाय फकीर लगायतले रचना वाचन गरेका थिए ।
यसैवीच, सहयात्रा समुहको शुक्रबारै वसेको वैठकले हरी प्रकाश भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा अनुपमा करारा र डम्मर थापा आश्रीत चयन भएका छन् भने महासचिव विपि अस्तु, सचिव रेशम महतारा र कोषाध्यक्षमा निशु जोशीलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै, सदस्यहरुमा कल्पना खरेल, रमन ढुंगाना, श्रीराम देवकोटा, सिद्धराज खनाल, निरज सिँह, कमल वडुवाल, ललित वोहोरा रहेका छन् ।